Product Description
राजदरबारमा तीन दशक बिताएका पूर्व सैनिक सचिव रथी विवेक कुमार शाह पेसेवर लेखक हुनुहुन्न। तर, उहाँसँग नेपाली राजनीति र पछिल्लो इतिहासका सन्दर्भमा ज्ञान र अनुभवको ठूलो भण्डार छ। प्रस्तुत पुस्तक राजदरबारभित्रको महत्त्वपूर्ण निकाय प्रमुख सैनिक सचिवालयको जिम्मेवारी सम्हाल्दाताका उहाँले आफ्नो डायरीमा टिपेका भोगाइ र घटनाक्रमहरुको सँगालो हो, जसमा उहाँका रोचक संस्मरण र केही महत्त्वपूर्ण घटनाक्रमको विश्लेषण समेत समावेश गरिएको छ।
कुनै बेला नेपालको शासन–सत्ता र राष्ट्रिय एकताको केन्द्रविन्दु मानिने राजसंस्था आज इतिहास बनिसकेको छ। तर यसबारे आज पनि आमरुपमा उत्तिकै चासो र कौतूहल विद्यमान छ। नेपालको राजसंस्था, राजकाज तथा राजदरबारको कार्य प्रक्रियाबारे विस्तृत जानकारी दिने यो पहिलो पुस्तक हो भन्नु अत्युक्ति हुनेछैन। यस क्रममा लेखकले तत्कालीन राजाहरु वीरेन्द्र र ज्ञानेन्द्रसँग काम गर्दाका खास–खास घटनाक्रमलाई राम्रोसँग चित्रण गर्नुभएको छ। यो एक उच्च सैनिक अधिकारीको निजी जीवन–गाथा मात्र होइन, नेपाली राजनीतिका थुप्रै अनुद्घाटित पाटाहरुलाई सार्वजनिक गर्ने महत्त्वपूर्ण दस्तावेज पनि हो। कतिपय दृष्टकोणबाट यस पुस्तकले 'दरबारबाट देखिएको नेपाल' को आभास पनि दिनेछ। हाम्रो इतिहासलाई सही र तथ्यपरक ढङ्गले लिपिबद्ध गर्न समेत यसले मदत पुर्याउनेछ।
Additional Information
| supplier | Vivek Kumar Shah |









